काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीप्रति जनताको विश्वास पुनःस्थापित गर्न मंसिर महिनालाई जागरणको महिना बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिनुपर्ने बताए। कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास फर्काउनु मुख्य चुनौती रहेको उनको भनाइ थियो।
थापाले आगामी स्थानीय तह निर्वाचनका लागि समयमै उम्मेदवार छनोट गरी चुनावी मैदानमा पठाउने योजना सुनाए। विधानअनुसार प्रारम्भिक उम्मेदवार छनोट गरी डिजिटल मतदानमार्फत टुंगो लगाउने तयारी रहेको उनले बताए।














