काठमाडौं, ९ असोज । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ।
प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त नलागेमा आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गतेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
समितिका अनुसार उजुरी सिंहदरबारस्थित सचिवालय वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत दिन सकिनेछ। उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्ने भए पनि पहिचान गोप्य राख्न चाहेमा गोपनीयता कायम गरिनेछ।














