काठमाडौँ, ६ कात्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ का क्रममा उनीहरूबीच भेट भएको हो। भेटमा भएका छलफलबारे अर्थ मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरेको छैन।
समिटमा सहभागी हुन भारत पुगेका अर्थमन्त्री वाग्लेले ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार विस्तार र आपसी सहकार्यका सम्भावनाबारे धारणा राखेका थिए।














