काठमाडौं, ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित तीनदिने भारत भ्रमणमा निस्किएका छन्।
लामिछाने आज बिहान हवाईमार्गबाट काठमाडौं हुँदै धनगढी पुगेका छन्। त्यहाँबाट उनी भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
लामिछानेको सचिवालयका अनुसार यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटनका लागि तय गरिएको हो। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्नेछन्।
तीनदिने भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ।














