काठमाडौं, १ कार्तिक । बडादसैँको महाअष्टमीका दिन पनि काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप देखिएको छ।
नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म करिब ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
बिहान बाहिरिने सवारीसाधनको चाप बढी रहे पनि दिउँसो क्रमशः घटेको छ। दसैँका लागि सर्वसाधारण बाहिरिएसँगै उपत्यकाका सडकमा सवारी चापसमेत कम हुँदै गएको छ।














