काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै ढुङ्गानाले बिना पक्राउ पुर्जी गरिएको गिरफ्तारीले कानुनी शासनमाथि प्रश्न उठाएको बताए। उनले घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरे।
बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था र प्राकृतिक विपद्का विषयमा पनि सरकारले पर्याप्त ध्यान नदिएको उनको आरोप थियो। सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा स्वेच्छाचारी शैली देखिएको भन्दै उनले सरकारलाई संविधान र लोकतान्त्रिक मूल्यअनुसार अघि बढ्न आग्रह गरे।














