काठमाडौं, १२ असोज । प्रतिनिधिसभाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनका लागि निर्वाचन मिति तोकेको छ।
सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते दिउँसो २ बजे सभापति चयनका लागि निर्वाचन हुने जानकारी सदनलाई गराएका छन्। प्रतिनिधिसभा नियमावली २०८३ को नियम १७६ अनुसार निर्वाचनको मिति तय गरिएको हो।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा देखिएको विपद् जोखिमबारे अध्ययन गर्नेछ। साथै, जलवायुजन्य विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने जिम्मेवारी पनि समितिको हुनेछ।
सभापति चयन भएपछि समितिले आफ्नो औपचारिक काम अघि बढाउनेछ।














