काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधनलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीको जवाफ दिएका छन्।
सुनारले विपक्षी नेताहरूले प्रधानमन्त्रीको ‘कन्फिडेन्स’माथि प्रश्न उठाएको भन्दै व्यंग्यात्मक शैलीमा त्यसको जवाफ दिएका हुन्। उनले विभिन्न चर्चित प्रकरणको नाम उल्लेख गर्दै ‘कुन कुरा खाएपछि कन्फिडेन्स आउँछ?’ भन्दै प्रश्न गरे।
उनले विगतमा चर्चामा आएका गिरीबन्धु, सुन, लडाकु शिविर, वाइडबडी, बालुवाटार तथा पासपोर्ट प्रकरणको प्रसंग उठाउँदै विपक्षी नेताहरूलाई कटाक्ष गरे। सुनारले आफूहरू कन्फिडेन्सको स्रोतबारे जवाफ सुन्न तयार रहेको बताएका छन्।














