वीरगन्ज, १२ असोज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुन : सर्वसम्मत चयन भएका छन्।
जगर्नाथपुर गाउँपालिका-५ मसिहानीमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट यादवलाई सभापतिमा चयन गरिएको हो । यादव जगर्नाथपुर गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
क्षेत्रीय सचिवमा बलिष्टर अहमद र सहसचिवमा सञ्जय चौधरी सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट १५औँ महाधिवेशनका लागि रमेश रिजाल, शंकर चौधरी, नवीन सिंहलगायत ११ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्।
यसैगरी क्षेत्र नम्बर ४ -क) प्रदेशसभा निर्वाचन क्षेत्रको सभापतिमा जीवनकृष्ण सापकोटा चयन भएका छन् । उक्त क्षेत्रमा उपसभापति, सचिव र सहसचिवसहित प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि चयन गरिएको जनाइएको छ ।














