काठमाडौं, १६ भदौ । भदौ १० गते आएको भोटेकोसी बाढीबाट भएको क्षतिका लागि १५ वटा बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ८०० भन्दा बढी बीमितले यस्तो दाबी गरेका हुन्। सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ। ८ बीमितले मात्रै करिब १३ अर्ब रुपैयाँ दाबी गरेका छन्।
युनाइटेड अजोडमा ४ अर्ब ९७ करोड, सानिमा जिआईसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड र शिखरमा १ अर्ब ८७ करोड रुपैयाँको प्रारम्भिक दाबी परेको छ।
बीमा दाबीमध्ये इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ २० अर्ब रुपैयाँभन्दा बढी, सम्पत्ति बीमामा २ अर्ब ३४ करोड, मोटर बीमामा १ अर्ब ५५ करोड र परिवहन बीमामा ८९ करोड रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
बाँकी दाबी अन्य तथा स्वास्थ्य बीमाअन्तर्गत रहेका छन्।














