काठमाडौं, १४ भदौ । नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ तथा पूर्वी र पश्चिम नवलपुर प्रभावित भएका छन्।
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ।














