काठमाडौं, १२ भदौ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितलाई राहत तथा पुनःस्थापनादेखि मल खरिदसम्मका तीन महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट प्रभावित व्यक्ति र व्यवसायका लागि बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
बैठकले भारत सरकारसँग जीटूजी प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ।












