काठमाडौं, ११ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ सहयोग जुटेको छ।
अर्थ मन्त्रालयका अनुसार गोर्खा ब्रुअरीले १० करोड, कुमारी बैंकले ३ करोड, एनसेलले १ करोड, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र निफ्रा बैंकले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, नेपाल बैंकले ३ करोड १ लाख, रेडबुलले २ करोड, शिव शक्ति ग्रुपले ५१ लाख तथा रिलायन्स सुगर मिलले १० लाख रुपैयाँ प्रदान गरेका छन्।
मन्त्रालयका अनुसार उक्त रकम अर्थमन्त्रीमार्फत उद्धार कोषमा हस्तान्तरण गरिएको हो।












