काठमाडौं, ११ भदौ । भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
बिहीबार बसेको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग मागेको हो।
दलहरूले संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलाई मानवीय, प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
अपिलमा रवि लामिछाने, गगन थापा, पुष्पकमल दाहाल, शंकर पोखरेल, ध्रुव राई, राजेन्द्र लिङ्देन, उपेन्द्र यादव र चन्दन सिंहले हस्ताक्षर गरेका छन्।














