काठमाडौं, ५ भदौ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाएको कर हटाउन देशव्यापी हस्ताक्षर अभियान सुरु गरिएको बताएका छन्।
जोरपाटीमा अभियानको सुरुवात गर्दै घिसिङले देशभरका साथै विदेशमा रहेका नेपालीबाट पनि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए।
सरकारलाई पटक-पटक विद्युतमा लगाइएको कर हटाउन आग्रह गर्दा सुनुवाइ नभएपछि जनमत बुझ्न अभियान सुरु गरिएको उनको भनाइ छ।
हस्ताक्षर अभियानमार्फत विद्युतमा लगाइएको भ्याट फिर्ता गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्य रहेको घिसिङले बताए।














