KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

जनकपुर, ९ साउन । धनुषाको विदेह नगरपालिकामा रासायनिक मल -खाद) को व्यापक कालोबजारी भइरहेको आरोप लागेको छ ।

किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराएको मल डिलरले लुकाएर राखी चर्को मूल्यमा बिक्री गरेको भन्दै स्थानीय जनप्रतिनिधि र किसानले गम्भीर आरोप लगाएका छन् ।

विदेह नगरपालिकाका कार्यपालिका सदस्य श्याम सुन्दर दासका अनुसार शिव शम्भु कृषि सहकारी संस्थाका सञ्चालक तथा खाद डिलर विजय राउतले आफूले ल्याएको सम्पूर्ण मल वितरण गरिसकेको दाबी गरे पनि वास्तविकता फरक रहेको छ ।

उनले थोरै मात्र किसानलाई वितरण गरी अधिकांश मल आफ्नै गोदाममा लुकाएर राखेको आरोप दासले लगाए । दासका अनुसार वडा नं. १ का अध्यक्ष सञ्जय पाण्डे र शिव शम्भु कृषि सहकारी संस्थाका सञ्चालक विजय राउतको मिलेमतोमा मलको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री भइरहेको छ ।

किसानसँग सरकारले तोकेको मूल्यभन्दा धेरै रकम असुलिएको उनको दाबी छ । आरोपअनुसार सरकारले तोकेको मूल्यभन्दा बढी लिई डीएपी -मटिया- मल प्रतिवोरा ३ हजार ५०० रुपैयाँ र युरिया प्रतिवोरा १ हजार ५०० रुपैयाँ सम्ममा बिक्री गरिएको छ ।

एक किसानबाट युरियाको १ हजार ५०० रुपैयाँ लिएको र विरोध भएपछि रकम फिर्ता गरिएको दासले बताए । यस विषयमा विदेह नगरपालिकाका प्रमुख बेचन दासले पनि डिलरलाई अनुदानको मल वितरणको जिम्मेवारी दिइएको स्वीकार गर्दै तोकिएको मूल्यभन्दा बढी रकम लिएको जानकारी आफूले पाएको बताए ।

उनका अनुसार नगरपालिकाले युरिया प्रतिवोरा १ हजार रुपैयाँ र डीएपी -मटिया- प्रतिवोरा २ हजार ५०० रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको थियो ।

तर डिलरले त्यसभन्दा बढी रकम असुलेको गुनासो आएको उनले बताए । मेयर दासले रातिको समयमा समेत मल बिक्री गरिएको सूचना आएको उल्लेख गर्दै घटनाबारे थप छानबिन गरिने र दोषी भेटिए कानुनी कारबाही गरिने बताए ।

यता किसानहरूले खेतीपातीको मुख्य समयमा अनुदानको मल सहज रूपमा नपाएर महँगो मूल्य तिर्न बाध्य भएको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकायसँग कालोबजारीमा संलग्नमाथि तत्काल अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

Facebook Comment

Related Posts

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन राष्ट्रिय मुक्ति पार्टीको अभियान

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

नेतृत्व परिवर्तनको बहसबिच एमाले केन्द्रीय कमिटी बैठक

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

महेन्द्रनगरको गोदाममा छापा, चार ट्रक अवैध सामग्री बरामद

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

रास्वपाको निर्देशन : महासभामा भोटेकोसी विपद्को मुद्दा उठाउनू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar