KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिटरब्याज प्रकरणमा पूर्व एसएसपी साहको पत्रकार सम्मेलन : ‘ठगीको शिकार भएँ’

मिटरब्याज प्रकरणमा पूर्व एसएसपी साहको पत्रकार सम्मेलन : ‘ठगीको शिकार भएँ’

जनकपुर, ७ साउन। नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द कुमार साहले आफूले ऋण लिएको स्वीकार गर्दै सावाँ–ब्याजसहित रकम तिर्न तयार हुँदाहुँदै पनि साहू पक्षबाट सुनियोजित रूपमा ठगीको शिकार बनाइएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ धनुषामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले आफूले २०७९ वैशाख २३ गते ९९ लाख रुपैयाँ ऋण लिएको र त्यसबापत करोडौं मूल्यको जग्गा कब्जा गर्ने योजना बनाइएको दाबी गरे।

उनले भने, “९९ लाख ऋण लिने बेला नै त्यो जग्गाको मूल्य १५ करोडभन्दा बढी थियो। कसैले आफ्नो करोडौंको जग्गा ९९ लाखमा बेच्दैन। ऋण लिएको हुँ, तिर्छु, तर अन्याय गर्नु भएन नि।”

साहका अनुसार ऋण लिने क्रममा घरधनी महल खाली राखेर ५०/५० लाख रुपैयाँका दुई थान कपाली कागजात बनाउन लगाइएको थियो। त्यसैगरी सानिमा विकास बैंकको हस्ताक्षर मात्र भएको तीन थान खाली चेकसमेत लिइएको उनले बताए।

उनले ऋण लिएको आठ महिनामै आफूले धितो राखेको सोही जग्गालाई आधार बनाएर कृषि कम्पनीको नाममा बैंकबाट चार करोड रुपैयाँ ऋणसमेत उठाइएको आरोप लगाए।

साहले आफू पटक–पटक सावाँ–ब्याज बुझाउन जाँदा पनि साहू पक्षले विभिन्न बहाना बनाएर रकम नबुझेको दाबी गरे। उनले आफ्नो ऋणको विषय स्थानीय बासिन्दा, व्यवसायी तथा जनप्रतिनिधिसमेत जानकार रहेको उल्लेख गर्दै आफू ऋण तिर्न तयार भए पनि अन्यायपूर्ण व्यवहार स्वीकार गर्न नसक्ने बताए।

पत्रकार सम्मेलनमा उनले जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी गोपाल साह, उनका भतिज हरेराम साह, भाउजू रेखा कुमारी साह तथा दाइ बलराम साहले योजनाबद्ध रूपमा ठगी गरेको आरोप लगाए। यस विषयमा आफूले कानुनी लडाइँ जारी राखेको उल्लेख गर्दै अदालतमा विचाराधीन रहेका प्रमाण सार्वजनिक गर्न नमिल्ने बताए।

साहले उच्च अदालत जनकपुरधामले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरी प्रहरी अनुसन्धानलाई सहज बनाउनुपर्ने धारणा पनि राखे।

यसैबीच, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी मुद्दामा बलराम साह फरार रहेका छन् भने पक्राउ परेका गोपाल साह, हरेराम साह र रेखा कुमारी साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरीका अनुसार हरेराम साहको कार्यालयबाट विभिन्न कृषि कम्पनीका कागजात, लालपुर्जा, नक्सा तथा स्टाम्प बरामद गरिएको छ।

उनीहरू पक्राउ परेदेखि नै मिटरब्याज पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत धनुषा अगाडि निरन्तर प्रदर्शन गर्दै आएको छ।

साथै, गोपाल साहविरुद्ध अन्य मिटरब्याज पीडितहरूले पनि जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै जाहेरी दर्ता गराएका छन्।

Facebook Comment

Related Posts

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

एनपीएलमा जनकपुरको अर्को सफलता, पोखरालाई ९ रनको झट्का

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

तृतराज चम्किँदा जनकपुरले बनायो १४७ रन

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar