काठमाडौँ, २२ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७औँ बैठक सोमबार अपराह्न १२:१५ बजे बस्ने भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला, महिला, बालबालिका तथा सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलको जवाफ दिने कार्यसूची रहेको छ ।















