धनगढी, १६ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको जिप करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मकवानपुरका नवीन तुलाधर -४१) र बर्दियाका रामप्रकाश थारु -४५) को सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित दुई जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।














