जनकपुर, १४ जेष्ठ । धनुषासहित देशभर आज मुस्लिम धर्मावलम्बीहरूले बकर इद -इदुल जोहा) श्रद्धा र उल्लासका साथ मनाएका छन्।
पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायले बिहानै मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका थिए ।
नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो। काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत स्थानमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।














