काठमाडौं, १३ जेष्ठ । दुग्ध विकास संस्थान -डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा आर्थिक घोटालाको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले छापा मारेको छ ।
बुधबार पुगेको सीआईबी टोलीले दूध खरिद–बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिनुका साथै पाँच कर्मचारीको मोबाइल जफत गरेको जनाएको छ ।
छापाका बेला डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे कार्यालयमा नरहेको बताइएको छ । उनले घटनाबारे थप जानकारी लिइरहेको बताएका छन् ।














