काठमाडौं, ३ जेष्ठ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ ।
क्षति पुगेका संरचना हटाएर पुनर्निर्माण तथा रंगरोगनको काम जारी रहेको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनबाट सञ्चालन भइरहेको छ ।
आन्दोलनका क्रममा सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा क्षति पुगेको थियो ।














