काठमाडौं, ३ जेष्ठ। गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अघि बढ्ने प्रस्ताव गरेका छन् । उनले विशेष महाधिवेशनमा सहभागितालाई आधार बनाएर पार्टीभित्र विभेद नगर्ने स्पष्ट गरेका हुन् ।
काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले १४औं महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा सम्मानका साथ समेटेर काम गर्न आफू तयार रहेको बताए ।
थापाका अनुसार वरिष्ठताको आवश्यकता हुनेलाई वरिष्ठ जिम्मेवारी र अन्यलाई उपयुक्त दायित्व दिन सकिनेछ । तर विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा अवसर वितरण नहुने उनले स्पष्ट पारे ।
उनले महाधिवेशन सम्बन्धी समितिहरूमा पनि निष्पक्षता र समावेशिता सुनिश्चित गर्न आफू लचक रहेको उल्लेख गर्दै इच्छुकहरूको नाम जुनसुकै माध्यमबाट पठाउन आग्रह गरे ।














