काठमाडौं, ३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले आज देशभर करिब १५ सय वडामा वडा अधिवेशन गर्दैछ ।
वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका वडाहरूमा अधिवेशन गर्न लागिएको हो । पार्टीका अनुसार हालसम्म करिब ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ ।
बाँकी वडाको अधिवेशन जेठ १६ गते सम्पन्न गरिनेछ । रास्वपाले पालिका अधिवेशन जेठ ९ र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ ।
पार्टीको पहिलो केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गरिने जनाइएको छ ।














