काठमाडौं, १ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरिएका छन् ।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा तोयम रायाले प्रतिवेदन बुझाएको हो । कार्यक्रममा राष्ट्रपति पौडेलले सरकारी खर्चको बढ्दो बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर भएको संकेत गरेको बताए ।
उनले बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्न सम्बन्धित निकायका पदाधिकारी अझ जिम्मेवार हुनुपर्ने उल्लेख गरे । राष्ट्रपतिले आर्थिक अनुशासन र सुशासन कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।














