काठमाडौंं, १ बैशाख । नारायणप्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् ।
वैशाख २ देखि ६ गतेसम्म हुने उक्त महासभामा अध्यक्ष दाहालले मन्तव्य दिने तथा विभिन्न देशका संसद प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।
उनी असंलग्न आन्दोलन संसदीय सम्मेलनमा पनि सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि रहेका छन् । टोली वैशाख ८ गते स्वदेश फर्किनेछ ।












