काठमाडौं, १४ चैत । विद्यादेवी भण्डारी ले भदौ २३–२४ घटनासम्बन्धी जाँच आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन लागू गर्ने क्रममा केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्नु संवेदनशील र दूरगामी असर पर्ने निर्णय भएको उनले बताएकी छन् ।
भण्डारीले यस्तो निर्णय संविधान, कानुन र लोकतान्त्रिक अभ्याससँग नमेलिने उल्लेख गर्दै विधिसम्मत प्रक्रिया र पर्याप्त परामर्श आवश्यक रहेको बताएकी छन् ।
हतारको निर्णयले विधिको शासनप्रति विश्वास कमजोर हुने र अस्थिरता बढ्ने जोखिम रहेको भन्दै उनले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेकी छन् ।














