काठमाडौँ, १४ चैत । गृहमन्त्री सुधन गुरुङले शनिबार बिहानैदेखि नेपाल प्रहरीका विभिन्न कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सुरक्षा निकायको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस निरीक्षणका क्रममा उनले प्रहरी प्रशासनको दैनिक कामकाज, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीहरूलाई अनुशासित, जिम्मेवार र जनमुखी सेवा दिन निर्देशन दिएका छन् ।














