काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा विशेष पूजाआजा गरेको छ ।
उनी मध्यान्ह १२ः३० बजे शंखनाद र स्वस्ति वाचन गरी शपथ लिएको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्रालयका सचिव र उच्च तहका कर्मचारीहरूलाई ब्रिफिङ दिएका बालेनले त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा चार निर्णय गरेका थिए ।
बैठकपछि उनी बालुवाटार पुगेका थिए र यहाँ प्रत्यक्ष संलग्न भएर धार्मिक अनुष्ठान सम्पन्न गरे । पूजा कार्यक्रममा बालेनले आफ्नै सहभागितामा विधिपूर्वक पूजा गर्ने परम्परा निभाएका थिए, जसले सरकारी निवासमा विधिवत् धार्मिक वातावरण सिर्जना गरेको थियो ।














