काठमाडौं, १३ चैत । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै काम गर्ने बताएको छ ।
पदभार ग्रहण गर्दै उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन कन्सुलर सेवा विभागका सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउने निर्णय लिएको जनाए ।
यसले सेवाग्राहीलाई सहज रूपमा प्रविधिमार्फत सेवा लिन मद्दत गर्ने उनको भनाइ छ । उनले नेपालको परराष्ट्र नीतिलाई संविधानअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक कूटनीतिमा विशेष ध्यान दिने जनाए ।
साथै, मध्यपूर्वको द्वन्द्वका कारण नेपालमा पर्न सक्ने प्रभावबारे सतर्क रहँदै आवश्यक कदम चालिने पनि उनले उल्लेख गरे ।














