काठमाडौं, १३ चैत । शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएको छ ।
रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएको हुो । यसअघि बालेन्द्र शाहले पनि प्रधानमन्त्री पदको शपथ लिएका थिए।
मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्रीलगायत अन्य मन्त्रीहरूले जिम्मेवारी सम्हालेका छन् ।
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् भने अन्य मन्त्रालयहरूमा पनि जिम्मेवारी बाँडफाँट गरिएको छ । नयाँ मन्त्रिपरिषद्ले अब औपचारिक रूपमा काम सुरु गरेको छ ।
को को मन्त्री बनेको छ
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय
दोस्रोमा स्वर्णिम वाग्लेले अर्थमन्त्री
सुधन गुरुङ गृह मन्त्रालय
शिशिर खनाल परराष्ट्र मन्त्रालय
सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल (गनेश) पर्यटनमन्त्री
सस्मित पोखरेल शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना सञ्चारमन्त्रालय
दीपक साह श्रम मन्त्रालय
सोविता गौतम कानुन मन्त्रालय,
सीता वादी महिला, बालबालिका मन्त्रालय














