काठमाडौं, १३ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुने टुंगो लागेका छन् ।
उनी यसअघि छोटो समय युवा तथा खेलकुद मन्त्री पनि भएको थियो । श्रेष्ठ काठमाडौं–८ बाट २४,५९२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बागमती प्रदेशसभामा रहँदा उनले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०७२ को भूकम्पपछि समाजसेवामा सक्रिय भएका श्रेष्ठ अब ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।














