काठमाडौं, १२ चैत । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू आगामी सरकारले कार्यान्वयन गर्नुपर्ने बताएकी छन्।
छ महिनाको कार्यकालमा निर्वाचन सम्पन्न गरिए पनि सबै माग पूरा गर्न नसकिएको उल्लेख गर्दै उनले केही महत्वपूर्ण आधार तयार भएको बताइन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचार र जटिल अपराध अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न प्रेरित गरिएको र त्यसको परिणामस्वरूप पुराना मुद्दाहरू अघि बढ्न थालेको बताइन्।
साथै ठेक्का लिएर काम नगर्ने तथा विद्युत् महसुल नतिर्ने जस्ता बेथितिविरुद्ध सरकारले कडा कदम चालेको उल्लेख गरिन्।
जेनजी आन्दोलनसँग भएको सम्झौताका बाँकी कामहरू नयाँ सरकारले प्राथमिकताका साथ पूरा गर्ने विश्वास उनले व्यक्त गरिन्।














