काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नव–निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ ।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएको थियो ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् । शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नै सांस्कृतिक भेषभूषामा सिंहदरबार पुगेका थिए ।














