काठमाडौं, १२ चैत । प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरूको शपथ ग्रहण प्रक्रिया सुरु भएको छ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइरहेका छन्।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपालीबाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन्।
शपथका लागि उनीहरू परम्परागत भेषभूषामा सिंहदरबार पुगेका छन्।














