विराटनगर, १२ चैत । विराटनगरमा एक साताअघि भएको हत्याकाण्डको रहस्य खुलेको छ ।
श्रीमती कोमल कुमारी साहको हत्या उनकै श्रीमान् रोशन साहले गरेको र शव व्यवस्थापनमा उनका दाजु दिपेन्द्र साहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
रोशनले घरमै श्रीमतीको घाँटी कसी हत्या गरी शव तन्नामा बेरेर फोहर नजिक फालेका थिए । पछि उनले श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिई घटना लुकाउने प्रयास गरेका थिए ।
स्थानीयले शङ्कास्पद पोको देखेपछि शव फेला परेको हो । दाम्पत्य अविश्वासलाई घटनाको मुख्य कारण मानिएको छ। दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।














