काठमाडौं, ११ चैत । काठमाडौंमा गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक नगर्दै बाहिरिएको छ ।
सरकार प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाइरहेका बेला जनआस्था साप्ताहिकले उक्त प्रतिवेदन प्राप्त गरी प्रकाशन सुरु गरेको हो ।
त्यसपछि अन्य सञ्चारमाध्यमहरूमा पनि प्रतिवेदनका मुख्य विषयवस्तुहरू सार्वजनिक हुन थालेका छन् ।














