काठमाडौ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले संसदीय दलको नेता चयनबारे निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुनेछ । सोही दिन दिउँसो प्रतिनिधिसभा सदस्यहरूको शपथपछि ४ बजे नेता चयनका विषयमा छलफल गरिनेछ ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।














