काठमाडौँ, ९ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क राखिने भएको छ ।
अध्यागमन विभागका अनुसार नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध मजबुत बनाउने तथा पर्यटन र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
विभागले विमानस्थल कार्यालयलाई आवश्यक व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ । यस पहलको माग लामो समयदेखि गर्दै आएको एसोसिएसन अफ नेपाली ओरिजिन ANO ले निर्णयको स्वागत गर्दै यसले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग थप जोड्ने विश्वास व्यक्त गरेको छ ।














