काठमाडौं, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।
यसअघि पहिलो मुद्दा दायर गर्दा नै राजस्व छुटलगायत विषयमा अनुसन्धान भइरहेको उल्लेख गरिएको थियो ।














