काठमाडौं, ७ फागुन । आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगरमा आयोजित सभामा दलीयकरणको अन्त्य र उच्चस्तरीय भ्रष्टाचार छानबिनलाई मुख्य एजेन्डा बनाइएको छ । वाचापत्रमा २०४६ सालपछि उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिनका लागि शक्तिशाली उच्च आयोग गठन गर्ने प्रतिबद्धता गरिएको छ ।
सभापति रवि लामिछानेले अबको निर्वाचन पुरानो राजनीतिक सिन्डिकेट भत्काउने निर्णायक अवसर भएको बताए । वरिष्ठ नेता बालेन साहले सुशासनका लागि स्वतन्त्र विज्ञमार्फत संस्थागत सुधार आवश्यक रहेको उल्लेख गरे ।
वाचापत्रमा कर्णाली विकासका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र र वैदेशिक रोजगारीमा रहेका युवाको मताधिकार सुनिश्चित गर्ने विषय समेटिएको छ ।














