काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अब फेरि कसैले सहिद बन्नु नपरोस् भन्ने कामना गरेका छन् ।
अछाममा चुनावी अभियानमा रहेका बालेनले सहिदका सपना अझै पूरा हुन नसकेको उल्लेख गर्दै भदौमा भएको जेनजी आन्दोलनमा युवा–विद्यार्थीले ज्यान गुमाउनुपरेको प्रसंग स्मरण गरेका छन् ।
उनले जरा गाडेको भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र आर्थिक रूपमा उन्नत नेपाल बनाउने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा आएको बताएका छन् ।














