काठमाडौं, १५ माघ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयसँग पीएसओ उपलब्ध गराउन माग गरेको छ ।
गोप्य सूचनाका आधारमा हातहतियारसहितका समूहबाट सुरक्षा खतरा बढेको जनाउँदै पार्टीले सुरक्षाप्रति गम्भीर ध्यान दिन आग्रह गरेको हो ।
उक्त माग पार्टीका जिल्ला सचिव मिलन रानाले हस्ताक्षर गरेको पत्रमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरिएको छ ।














