काठमाडौं, १५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उनले भयरहित र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले मतदाता, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मीको सुरक्षालाई उच्च प्राथमिकता दिँदै शून्य सहनशीलताको नीति अनुसार काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ छ ।














