काठमाडौं, १३ माघ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका व्यवसायीले सरकारबाट तीन महिनामा करिब ५ करोड रुपैयाँ बराबरको राजस्व छुट लिएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पुनर्निर्माणका लागि आयात गरिएका करिब २५ करोड मूल्यका सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिइएको हो ।
भाटभटेनी सुपरस्टोर, सिप्रदी ट्रेडिङ, लक्ष्मी ग्रुप, सीजी, टाटा र महिन्द्रालगायतका व्यवसायले पुनर्निर्माण सम्पन्न गरी सञ्चालन थालेका छन् । भन्सार विभागका अनुसार यस अवधिमा ११० प्रकारका पुनर्निर्माण सामग्री आयात गरिएको छ ।














