ओखलढुङ्गा, १३ माघ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाभित्र दोस्रो पटक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
यसअघि मगर दम्पतीको हत्या भएको ठाउँमै गएराति राई दम्पतीको हत्या भएपछि गाउँमा त्रास फैलिएको छ । हत्या भएका चन्द्रविक्रम राई (८१) र उनकी श्रीमती चन्द्रमाया राई (८०) को शव घरको दोस्रो तलामा फेला परेको प्रहरीले जनाएको छ ।
लुटपाटपछि हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको जनाएको छ ।














