काठमाडौं, १३ माघ । चीनको युनान यूथ महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको घोषणा भएको हो ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइएका ३० जनाबाट ७ जना बाहिरिँदा २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना मा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेलको आयोजना हुन लागेको छ ।














