काठमाडौँ, १३ माघ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको आरोपमा ५ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण सोधिएकामध्ये झापा–५ का बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ र रूपन्देही–२ का निकोलस भुसाल छन् ।
बालेनलाई सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको, बस्नेतलाई अभद्र शब्द प्रयोग गरेको, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र भुसाललाई चुनाव चिह्नको भ्रामक प्रचार गरेको आरोप छ ।
यस्तै, भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि घृणाजन्य टिप्पणी गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको छ ।














