काठमाडौँ, १२ माघ । सरकारले चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला, तामाकोशी पाँचौँ, माथिल्लो सङ्खुवासभा र सेतीखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो ।
बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।














