जनकपुर, ११ माघ । मधेस प्रदेशमा रिक्त ४ राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा २३ जना मतदाता अनुपस्थित भएका छन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भएको मतदानमा १ जना प्रदेशसभा सदस्य र २२ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएनन्।
प्रदेशसभातर्फ १०० सदस्यमध्ये ९९ जनाले मतदान गरेका छन् भने स्थानीय तहका २६६ प्रमुख तथा उपप्रमुखमध्ये २२ जना अनुपस्थित रहे।
यसरी कुल ३६४ मतदातामध्ये ३४१ जनाले मतदान गरेका छन्। चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।














